Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, ०७ : ११ मा प्रकाशित

एचआईडीसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले जारी गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो ।  त्यसैले, आज (जेठ २७) गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ः१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार  अनुमति पाइसकेको छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

यस कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा  र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले जलविद्युत आयोजनाहरुमा ३५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको