Like us!
Follow us!
Connect us!
Watch us!

रैराङको संस्थापक सेयरको लकिङ अवधि समाप्त, कारोबार खुल्ला

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १० : ३१ मा प्रकाशित

रैराङको संस्थापक सेयरको लकिङ अवधि समाप्त, कारोबार खुल्ला

रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडकाे संस्थापक सेयरको लकिङ अवधि समाप्त भएको छ ।

आईपीओ बाँडफाँड मितिबाट ३ वर्ष पूरा भएकाे हुनाले कम्पनीको संस्थापक सेयर पनि कारोबारका लागि खुल्ला भएको हाे । याे सँगै अब अब संस्थापक सेयर पनि सर्वसाधारण सरह कारोबार गर्न सकिनेछ ।

त्यसैगरी, कम्पनीले आफ्नाे वित्तीय विवरण पनि सच्याएकाे छ । कम्पनीले वैशाख २० गते साेमबार प्रकाशन गरेकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १७ पैसा हुनुपर्नेमा भुलवश १३ रुपैयाँ ३ पैसा भएको र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८ पैसा हुनुपर्नेमा २०० रुपैयाँ भएकाले सच्याइएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c19b74a72ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको