Like us!
Follow us!
Connect us!
Watch us!

घाटाका कम्पनीको सेयर किनबेच गर्न दिएर ठग्न पाइँदैन : सेयर बजारका काकासँग कुराकानी

अर्थ संसार टक

शनिबार, २९ जेठ २०७८, १५ : २९ मा प्रकाशित

 बजारमा सेयर काका नामले चिनिने केशव कोइराला खरो बोल्छन् । कमजोर कम्पनीमा लगानीककर्ता नडुबुन् भनेर तिनको खोइरो खन्छन् । त्यसैले सेयर बजारमा चलखेल गर्नेहरुले उनलाई रुचाउँदैनन् ।

केही साता अघि केही हाइड्रो पावर कम्पनीको सेयर सूचीकरण नेप्सेबाट हटाउन भन्दै आवेदन लिएर उनी नियामक निकायमा पुगे । हामीले उनलाई सोध्यौं, 'जनताको लगानी भएको कम्पनीको सेयर लिस्टिंग रोकेर तपाइँ कसरी लगानीकर्ताको पक्षमा हुनुहुन्छ भनेर बुझ्ने ?' उनको स्पष्टिकरण थियो, 'एक कित्ता खानीखोलाको सेयर किन्दा तपाइँको एक सय रुपैयाँ डुबेर ४२ रुपैयाँ ऋण थपिन्छ । यस्तो कम्पनीको सेयर किनबेच गर्न दिएर कति लगानीकर्तालाई डुबाउने ? त्यसैले मैले हिम्मत गरेर त्यस्ता कम्पनीलाई कारबाही गर्न माग गर्दै नियामकलाई गुहारेको हुँ ।' बजारमा तीब्र चलखेल छ । सेयर काका केही कम्पनीको बजार पूँजीकरण बढेर सेयर बजार धेरै बढेको देखिएको बताउँछन् । 'ती कम्पनीमा लगानी गर्ने एउटा समुहले जबर्जस्ती कर्नरिंग गरेर मूल्य बढाएका हुन्,' उनी भन्छन्, 'त्यस्तै एउटा कम्पनीको मूल्यलाई टुप्पोमा पुर्याउँछन् अनि अर्को कम्पनी समाउँछन् । यस्तो चलखेल गर्ने समुह बजारमा कृयाशिल छ ।'

समग्रमा बजार बढेको जस्तो देखिए पनि नयाँ सूकिकृत कम्पनीहरुको सेयर मूल्य अत्यधिक बढेर बजार पूँजीककरण बढ्दा नेप्से इन्डेक्स धेरै बढेको देखिएको उनको भनाइ छ । 'सम्बत् २०७२।७३ को बुलमा कायम भएको केही कम्पनीको बजार पूँजीकरण अहिले पनि थोरै छ,' उनले भने, 'त्यतिखेर मात्र कायम कम्पनीहरुको बजार पूँजीकरण हेर्नेहो भने बजार १९०० को हाराहारीमा मात्रै हुन्छ । बजार पूँजीकरण कम भएकाले अरु कम्पनी छोडेर खेलाडीहरुले खेलाउन पाएका छन् ।'

जोखिमरहित क्षेत्रहरु वाणिज्य बैंकको समेत मूल्य बढेर यसलाई साथ दियो भने बजार टिकाउ हुने उनको भनाइ छ । 'नत्र अहिलेको वृद्धि दिगो हुँदैन,' उनी भन्छन् ।

कमजोर फाइनान्स कम्पनीलाई अहिले नविल बैंकभन्दा माथि पुर्याइएको सेयर काकाको नामले चिनिएका केशव कोइरालाको दावी छ । 'केही ४।५ जनाको समुहले बजारमा भएको आधा सेयर होल्ड गरेका छन्,' उनले भने, 'तिनैले अहिले कमजोर कम्पनीको मूल्य उचालेका छन् । त्यस्ता कम्पनीले यस वर्ष केही लाभांश देलान् । अर्को वर्ष लाभांश दिनसक्ने अवस्थामा पनि ती कम्पनी हुँदैनन् ।'

अहिले रोगी विकास बैंकहरुको मूल्य धेरै बढेको उनको भनाइ छ । 'सबल राष्ट्रीय स्तरका विकास बैंकहरु अझै बढेका छैनन्,' उनी भन्छन् ।

जलविद्युत कम्पनीहरुको नियामक निकाय जविद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरुलाई बैंकको ऋण तिर्न हकप्रद सेयर निस्कासन गर्न दिने प्रस्ताव गरेको छ । सेयर काकाले आयोगको प्रस्ताव ठाडै इन्कार गरे । 'घाटामा गएको हाइड्रो पावर कम्पनीले हकप्रद निस्कासन गरेर बैंकको व्याज तिर्ने हैन,' उनले भने, 'पहिले कम्पनीले कमाएर बैंकको ऋण तिर्नु पर्यो । त्यसपछि मात्र व्यवसाय विस्तार गर्न हकप्रद निस्कासन गर्न अनुमति दिनु पर्यो ।'

सेयर काकासँग अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले अर्थसंसार टकका लागि गरेको कुरकानी यहाँ प्रस्तुत गरेका छौँ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको