Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको सेयर किन्नेको लर्को, सेयर मूल्य ९.९१ प्रतिशतले बढ्यो

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, ११ : ३५ मा प्रकाशित

एचआईडीसीएलको सेयर किन्नेको लर्को, सेयर मूल्य ९.९१ प्रतिशतले बढ्यो

आज (आइतबार) धितोपत्रको दोस्रोबजार कारोबारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयरको खरिद माग उच्च देखिएको छ । 

आज कारोबारको प्रारम्भमै कम्पनीको सेयर मूल्य ३४ रुपैयाँले बृद्धि भएर ३७७ रुपैयाँ प्रतिकित्ता पुगेको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य बृद्धिसंगै दोस्रोबजारमा कम्पनीको सेयरको माग पनि उच्च देखिएको छ । 

यो समाचार तयार पार्दासम्म दोस्रोबजारमा यो कम्पनीको २४ लाख कित्ता भन्दा बढि सेयरको माग हुँदा सप्लाई भने सून्य छ । 

कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले शुक्रबार प्रतिकित्ता ३ सय ४३ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको थियो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय ८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले १ः१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार  अनुमति पाएको थियो । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा  र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले जलविद्युत आयोजनाहरुमा ३५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।

60c59e49a9599.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको