Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्न शिखर इन्स्योरेन्सले दियाे बोर्डमा निवेदन

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १४ : ३४ मा प्रकाशित

हकप्रद निष्कासन गर्न शिखर इन्स्योरेन्सले दियाे बोर्डमा निवेदन

हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

कम्पनीकाे चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा सम्पन्न भएकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ९४ पैसा रहेको छ । 

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।  हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पूँजी अर्ब २८ करोड रूपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको