Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा पुग्यो एक्सेल डेभलपमेन्ट बैंक

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १४ : ५० मा प्रकाशित

हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा पुग्यो एक्सेल डेभलपमेन्ट बैंक

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

बैंकले हाल कायम चुक्ता पुँजी १०:३ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरकाे २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २७ गते, बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।

 चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ११ करोड ७७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । चैत्र मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा रहेको छ। हाल बैंककाे ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर निष्कासनपछि बैंककाे पूँजी १ अर्ब ५ करोड ४४ लाख पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको