Like us!
Follow us!
Connect us!
Watch us!

अब खल्तीलाई आफ्नो व्यवसायमा नि:शुल्क इन्टीग्रेट गर्न सकिने

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १८ : ४५ मा प्रकाशित

अब खल्तीलाई आफ्नो व्यवसायमा नि:शुल्क इन्टीग्रेट गर्न सकिने

खल्ती डिजिटल वालेटले यहीँ असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट उद्यमी) नि:शुल्क एपिआई “API” उपलब्ध गराउने भएको छ। महामारीको बिचमा साना, मझौला तथा ठुला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कँदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको हो। 

यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ। 

व्यवसायीहरुले खल्तीको एपिआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिनासम्म कुनै शुल्क नलाग्ने भएको छ। यो सेवा यहीँ असार महिना भित्र खल्ती सँग सम्झौता गर्ने मर्चान्टहरुको हकमा लागु हुनेछ। आफ्नो मर्चान्ट ड्यासवोर्ड मा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन् । अब खल्ती एसडीके/एपिआई बाट मर्चान्टहरुले सजिलै ईबैंककिङ्ग, मोबाइल बैंककिङ्ग, कनेक्ट आइपीस, एससिटी कार्ड र खल्तीको ग्राहकहरुबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । 

महामारीको चपेटामा परी आर्थिक रुपमा कमजोर हुन पुगेको उद्यमीहरुलाई निशुल्क मर्चान्ट इन्टीग्रेसन प्रदान गरि उनीहरुको आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याइएकाे खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले बताएका छन् ।

खल्ती पेमेन्ट गेटवेको  प्रयोगबाट व्यवसायीले प्रत्येक बैंकहरु संग इन्टिग्रेट गर्ने झन्झटबाट मुक्त हुनेछन् ।  खल्तीको मर्चान्ट अकाउन्ट  रजिस्टर गर्नको लागि कम्पनि रजिस्टर भएको हुनुपर्छ। Khalti.com को होम स्क्रीनमा रहेको “मोर” अप्सनमा गई “मर्चान्ट साइन अप” छनोट गरि आफ्नो सम्पूर्ण विवरण भरि रजिस्टर गर्न सकिन्छ।  त्यस पश्चात् लग ईन गरी आफ्नो सम्पूर्ण विवरणहरु हेर्न सकिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको