Like us!
Follow us!
Connect us!
Watch us!

अभिकर्ता संघ बिमाको दायरा विस्तारमा बाधक बन्न खोजेको बिमा समितिको आरोप

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १८ : ११ मा प्रकाशित

अभिकर्ता संघ बिमाको दायरा विस्तारमा बाधक बन्न खोजेको बिमा समितिको आरोप

बीमा समितिले पेशागत बीमा अभिकर्ता संघलाई बीमाको दायरा विस्तारमा बाधक बन्न खोजेको आरोप लगाएको छ । समितिले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेशागत बीमा अभिकर्ता संघ, नेपालले जेठ २८ गते जारी गरेको विज्ञप्तीले सीमित बीमा अभिकर्ताहरुले मात्र बीमा सम्बन्धी काम गर्न पाउनुपर्छ भन्ने जस्तो एकाधिकारको पक्ष पोषण गरेको बताउँदै समितिले बीमा विस्तारको पहुँचमा बाधक पुग्ने जनाएको हाे ।

यसले गर्दा बीमा सेवालाई देशका कुनाकाप्चामा रहेका विपन्न एवं न्यून आय भएका वर्गसम्म विस्तार गरी आगामी आर्थिक वर्षमा ३३ आर्थिक वर्षमा ३३% जनसंख्याको पहुँचमा बीमा सेवा पुर्याउने सरकारको लक्ष्यमा समेत व्यवधान पुग्ने देखिएकाे विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, समितिले बीमा नियमावली, २०४९ मा बीमा अभिकर्ता हुनका लागि आवश्यक योग्यता पुगेको कुनै व्यक्ति संचालक रहेको संगठित संस्थाले बीमा अभिकर्ताको इजाजतपत्र पाउने व्यवस्था रहेको बताउँदै सोही अनुसार संस्थागत बीमा अभिकर्ताहरूकाे इजाजतपत्रलाई व्यवस्थित एवं नियमित गर्नका लागि समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८ जारी गरिएको जनाएको छ ।

त्यसैगरी, जीवन बिमक संघ तथा बिमा कम्पनीहरुसँग विभिन्न समयमा पटक पटक भएका छलफलमा आगामी असार मसान्तभित्र सबै कर्जाहरु फछ्र्यौट गर्न अप्ठेरो हुने अनुरोध भई आएकाले कम्पनीहरुबाट प्रवाह भएका नगद कर्जाहरुमध्ये कुन कर्जा कति समय अवधिमा फछ्र्यौट गर्ने हो त्यसका लागि आवश्यक व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन समेत भइसकेकाे जानकारी गराउँदै लाञ्छना लगाउने कार्य नगर्न अनुराेध गरेकाे छ ।

बीमा सम्बन्धी प्रचलित ऐन नियमको परिधिभित्र रहेर देशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि बीमक, बीमित, बीमा अभिकर्ता र सर्भेयर लगायत बीमाका सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्न बीमा समिति प्रतिवद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहाेस् विज्ञप्ती :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको