Like us!
Follow us!
Connect us!
Watch us!

के यी कम्पनी जोखिम रहित हुन ?

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, २० : २३ मा प्रकाशित

के यी कम्पनी जोखिम रहित हुन ?

नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको जनाएको छ । बोर्डले गठन गरेको अध्ययन समितिले विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्यवृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात PE Ratio १०० र सो भन्दा बढी भएका, प्रतिसेयर आम्दानी ॠणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल उक्त कम्पनीमा लगानी गर्नु जोखिमयुक्त देखिएको निस्कर्ष निकालेको हो ।

उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले ५१ सूची निकालेपछिको अर्थ अन्य बाँकी कम्पनीहरू भने लगानीका लागि सुरक्षित रहेको भन्ने बुझिएको छ ।

यी ५१ वटाबाहेक लगानीका लागि सुरक्षित कम्पनी कुन-कुन त ?







तपाईलाई के लाग्छ यी कम्पनीमा जोखिम रहित कम्पनी हुन ?  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको