Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर सेक्युरिटीजले सेयर किनेको महिनावित्दा पनि खातामा नपठाएको लगानीकर्ताको गुनासो

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १६ : ०५ मा प्रकाशित

प्रिमियर सेक्युरिटीजले सेयर किनेको महिनावित्दा पनि खातामा नपठाएको लगानीकर्ताको गुनासो

रोजगारीको सिलसिलामा दक्षिण कोरीयामा रहेका लगानीकर्ता प्रेम थापाले आँफु विदेश जानुघि ब्रोकर नम्बर ३२ (प्रिमियर सेक्युरिटीज) को पोखरा शाखाबाट दोस्रो बजार कारोबार गर्न ब्रोकर खाता खोलेर टिएमएस सेवा लिएका थिए ।

उनले बिदेशमा कमाएको पैसा नेपालको पूँजी बजारमा लगानी गर्ने उद्देश्य लिएका थिए । आफ्नो योजनामा ब्रोकर कम्पनीले खलनायकको भूमिका निर्वाह गरिरहेको उनको आरोप छ ।

नेपालबाट कोरिया आएर म अहिले क्यारेन्टाइनमा बसिरहेको छु, उनले भने, आउनेबित्तिकै मे १९ तारिकमा मैले पहिलो पटक टिएमएसबाट सेयर किने । त्यसपछि २० तारिकमा अनलाइनबाट भुक्तानी गरेँ । तर त्यो सेयर अहिलेसम्म पनि मेरो खातामा आएको छैन । त्यसछि पटक पटक मैले सेयर किनेको छु । त्यसको भुक्तानी पनि गरिसके । तर अहिलेसम्म पनि एक कित्ता सेयर मेरो खातामा आएको छैन ।

'यसरी सेयर किनेको महिनासम्म खातामा सेयर नआउदाँ सेयरबाट हुन नोक्सानको भर्पाई कसले ब्यहोर्छ, उनले प्रश्न गरे । सेयरको मूल्य दिनहूँ तलमाथि हुन्छ । आज किनेको एक महिनापछि घटेर कुन अवस्थामा पुग्छ भन्ने कसैलाई थाहा हुन्न । ब्रोकरको यस्तो रबैयाले हाम्रो लगानी जोखिममा पर्यो,' उनले गुनासो गरे ।

ब्रोकरलाई पटक पटक फोन गर्दा फोन नउठेको उनले गुनासो गरे । आफूले ईमेल गर्दा पनि कुनै रेस्पोन्स नआएको उनले बताए । नियामक निकाय धितोपत्र बोर्डमा इमेलमार्फत गुनासो गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै उनले ब्रोकरको यस्तो रबैयाले विदेशमा बस्ने आफूजस्ता लगानीकर्तालाई नेपालको पूँजी बजारमा लगानी गर्न निरुत्साहित गरिरहेको उनी बताउँछन् ।

बिदेशमा रहेका हरेक नेपालीहरुलाई पूँजी बजारमा लगानी गर्न सम्बन्धीत निकायहरुले उत्साहित गराईरहेको बेला ब्रोकरको यस्तो रबैयाले बिदेशमा रहेका लगानीकर्ताहरुलाई लगानी गर्न हतोत्साहित गरिरहेको उनको तर्क छ । नेपालको पूँजी बजार अहिलेको अवस्थामा पुग्नुमा विदेशमा रहेका नेपालीहरु पनि पूँजी बजारमा भित्रनु एक मूख्य कारण भएको भन्दै उनले यदि समयमै ब्रोकरहरुको सेवा दिने शैलीमा परिवर्तन नभए यसकै कारणले नेपालको पूँजीबजारमा ठूलो समस्या आउने उनी बताउँछन् ।

'मैले बुँझेअनुसार नेपालमा टी प्लस टु प्रणालीमा कारोबारको राफसाफ हुन्छ । हामीले भने सेयरको पैसा तिरेको महिनौ सम्म खातामा सेयर पाउँदैनौं,' उनले प्रश्न गरे, 'यस्तो गर्ने ब्रोकरहरुलाई कानुन लाग्दैन ? के उनीहरुले जे गर्दा पनि लगानीकर्ताहरुले सहेर बस्नु पर्ने हो ? नियामक निकाय के हेरेर बसेको छ ?

लगानीकर्ताको गुनासोका बारेमा बुझ्न पटक पटक प्रिमियर सेक्युरिटीजलाई फोन गर्दा फोन लागेन । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको