Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत

अर्थ संसार

शनिबार, ०५ असार २०७८, ०७ : ५२ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा यस साता सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल राष्ट्र बैंक र सिर्जना फाइनान्स लिमिटेडको सेयर थपिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

नेप्सेमा साेमबार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ ।
स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १:०.९६ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे एक कराेड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

नेपाल राष्ट्र बैंक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नेपाल राष्ट्र बैंकको १५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले २०७८ साल जेठ १३ निष्काशन गरेकाे '४.७९% विकास ऋणपत्र २०८३ ''घ'' नामकाे ५ वर्ष अवधिकाे १५ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो । उक्त ऋणपत्रका लगानीकर्ताले अर्धवार्षिक रुपमा ४.७९ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् ।

सिर्जना फाइनान्स लिमिटेड 

नेप्सेमा बिहिबार सिर्जना फाइनान्स लिमिटेडको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

फाइनान्सकाे पाैष ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको