Like us!
Follow us!
Connect us!
Watch us!
स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी

नयाँ ब्रोकर लाइसेन्स नबाँड्न ब्रोकरहरुले धितोपत्र बोर्डमा ब्रिफकेस दिएकै हुन ?

अर्थ संसार टक

शनिबार, ०५ असार २०७८, १० : ४५ मा प्रकाशित

बजारमा धितोपत्र ब्यवसायी (ब्रोकर) हरु ५० को संख्यामा छन् । ब्रोकर ब्यवसाय गर्न कसैले चाहेर पनि सजिलै अनुमति पाउँदैन । त्यति संख्यामा ब्रोकरले अनुमति पाएको बषौं भइसक्यो । कारोबार रकम दैनिक करोड रुपैयाँबाट बढेर २० अर्ब रुपैयाँसम्म पुगिसक्यो । यस्तो अबस्थामा तिनै ५० ब्रोकरले कारोबार धानिरहेका छन् ।

यस्तो बेला ब्रोकरहरु एकाधिकारले साँढे भएको आरोप छ । अर्थसंसार डटकमलेसेयर लगानीकर्ताहरुलाई तपाइँको सेयर ब्रोकरप्रति कुनै गुनासो छ भनेर सोधेका थियौंं । त्यहाँ सयौं प्रतिक्रिया आएका छन् । तीमध्ये अधिकांश लगानीकर्ताले धितोपत्र बोर्डले सारै दुख दिएको बताएका छन् । उनीहरुमध्ये  अधिकांश गुनासो छ, ब्रोकरले समयमा पैसा दिएन, समयमा सेयर खातामा नपठाइदिएर बेच्न पाइन भन्ने । ब्रोकरहरु किन यसो गर्छन् ?

खुल्ला बजार अर्थतन्त्रमा सीमित ब्रोकरले मात्रै सेवा दिनु, योग्यता पुगेकाले सजिलै ब्रोकर लाइसेन्स नपाउनु एकाधिकार हो । यस्तो गर्न पाइन्छ ? 
आजकल बजारमा कारोबारको भोलुमै बढेपछि ब्रोकरलाई चाँदी कटाइ छ । नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद भन्छन्, टिएमएस नेप्सेले दिने, लगानीकर्ता युजरनेम र पासवर्ड लिएर घरमै बसेर कारोबार गर्ने । ब्रोकरहरु बीचमा बसेर तर मार्ने ?
एक दिनमा ५० ब्रोकरको कमाइ औषत १५ अर्बले हिसाव गर्दा ६ करो आम्दानी हुने रहेछ । धेरै दिन कारोबार रकम १७ अर्ब नाघेको छ । त्यतिबेला त ६ करोड ८० लाख हुने रहेछ । दैनिक औषत १५ अर्ब कारोबार हुँदा  ५० ब्रोकरको १२ लाख हुने रहेछ । दैनिक यति कमाइ कुन कम्पनीको होला ? जम्मा २ करोड लगानी गरेर कुन ब्यवसायमा यति धेरै कमाइ यति होला ? 

यति धेरै कमाइ हुँदा पनि ब्रोकरहरु धितोपत्र बोर्डले न्युन कमिसन घटाउँदा कोकोहोलो गर्दै विरोधपत्र लिएर बोर्डको कार्यालय घेर्न पुगे । टिएमएस सिस्टमले काम नगरे नेप्सेले दोष पाउँछ । ब्रोकरहरु सिस्टम बनाउँदैनन् । हार्डवेयर सफ्टवेयरमा लगानी गर्दै नगर्ने । कमिसन चाहिँ कुम्ल्याइरहने । अनि लगानीकर्ताले दुख चाहिँ कतिञ्जेल पाइरहने ?

ब्रोकरहरुको खर्च चाहिँ केमा होला ? जवकि उनीहरु जनशक्ति अभावले समयमा लगानीकर्ताकोे सेयर बेचेको पैसा, किनेको सेयर खातामा पठाउन सकेका छैनौ भनिरहेका छन् । सिस्टममा उनीहरुले लगानी गरेका छैनन्  ।

ब्रोकर थप्ने कुरा आउँदा ब्रोकरहरु टांग अड्याउँछन् । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्न धितोपत्र बोर्डमा उनीहरुले ब्रिफकेस पुर्याएको कुरा बजारमा छरपष्टै छ । अर्थसंसारसँगको अन्तर्वार्तामा लगानीकर्ताका अगुवाहरुले सार्बजनिक रुपमै त्यस्तो कुरा उठाएका छन् । थप ब्रोकर लाइसेन्स दिने कुरामा दुई नियामक निकायहरु धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई बझाएर ब्रोकरहरु रमिता हेरिहेका छन् । 
ब्रोकरहरु आम्दानी नहुने क्षेत्रमा शाखा खोल्नै चाहँदैनन । उनीहरु नपुगेको ठाउँमा पुगेका बैंकहरुका शाखालाई लाइसेन्स दिँदा दुर्गमका लगानीकर्ताहरुको पनि सेयर बजारमा पहुँच पुग्थ्यो । ब्रोकरले  किन अबरोध गरिरहेका छन् ?

ब्रोकरहरुले टिएमएस संचालन गर्ने तयारी गरेका छन् । उक्त कम्पनीले कारोबार सुरु गर्ने तयारी गरेका छन् । धितोपत्र बोर्डले ब्रोकरहरुलाई एकाधिकार कायम गर्न सघाएको, कमिसन धेरै नघटाएर उनीहरुको मुनाफामा धक्का नदिएकोमा नियामक धितोपत्र बोर्डका पदाधिकारीलाई गोल्डेन सेयर प्रदान गरेको आरोप बजारमा छ । 
लगानीकर्ताहरुका मनमा रहेका यी सारा प्रश्न र आशंका हामीले स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीसमक्ष राखेका छौं ।

अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले अर्थसंंसार टकका लागि अध्यक्ष मैनालीसँग गरेका कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको