Like us!
Follow us!
Connect us!
Watch us!

यस साता नेप्से २३.६५ अंकले बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य ४७ अर्बले बढ्यो

अर्थ संसार

शनिबार, ०५ असार २०७८, ११ : २८ मा प्रकाशित

यस साता नेप्से २३.६५ अंकले बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य ४७ अर्बले बढ्यो

यस साता पनि सेयर बजारमा एतिहासिक रेकर्ड बनेको छ । कारोबार रकम र नेप्से परिसूचक दुवैले नयाँ रेकर्ड बनाएका हुन् । यस साताको पहिलो कारोबार दिन आइतबार काराेबार रकमले र सोमबार नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएका हुन् । आइतबार १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रूपैयाँ बराबरको कारोबार भएर काराेबार रकमले नयाँ रेकर्ड बनाएकाे थियाे भने सोमबार सेयर बजार ३०२५.८२ विन्दुमा पुगी नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएकाे हाे ।

आइतबार र सोमबार निरन्तर उकालो लागेको सेयर बजारमा मंगलबारदेखि भने करेक्सन देखिएको थियो। बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । 

विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको थियाे ।

उक्त सूचीकृत संगठित संस्थाहरूकाे काराेबारमा भित्री काराेबार, सर्कुलर काराेबार, कर्नरिङ लगायतका धिताेपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएकाे बाेर्डले  जानकारी दिएकाे थियाे ।

बोर्डको विज्ञप्तिपछि भने सेयर बजारले निरन्तर ओरालो यात्रा तय गरेको हो ।

यस साता नेप्से परिसूचक २३ दशमलव ६५ अंकले बढेर २९६८ दशमलव ४३ विन्दुमा पुगी रोकिएको छ । गत साता नेप्से परिसूचक ४१ दशमलव २८ अंकले बढेर २९४४ दशमलव ७८ विन्दुमा रोकिएको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि १३ दशमलव २५ अंकले बढेर ५४१ दशमलव १२ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ९ दशमलव ४१ अंकले बढेर ५१३ दशमलव ११ विन्दुमा रोकिएको थियो ।

कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा व्यापक उछाल छाएको छ । यस साता थोरैमा १० अर्ब ९० करोड र धेरैमा १९ अर्ब ५५ करोडको कारोबार भयाे । 

यस साताको पहिलो दिन आइतबार १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भयो । त्यसैगरी क्रमशः सोमबार १८ अर्ब ८८ करोड ४० लाख, मंगलबार १६ अर्ब ५२ करोड ८७ लाख, बुधबार १५ अर्ब ४८ करोड ४४ लाख र बिहिबार सबैभन्दा थोरै १० अर्ब ९० करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । बोर्डको विज्ञप्तिपश्चात कारोबार रकममा समेत निरातर ओरालो लागेको हो । 

यस साताको सेयर बजारलाई समग्रमा नियाल्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव २२ अंकले बढेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर २९ सय ६८ दशमलव ४३ विन्दुमा पुगी यस सातालाई बिदा गरेको छ ।

यस साता कुल बजार पूँजीकरण रकम ४७ अर्ब २० करोड ७० लाख ८८ हजार रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन४० खर्ब ९२ अर्ब ८ करोड ६५ हजार रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार रुपैयाँ कायम भएको छ । 

यो साता सबैभन्दा बढी होटल्स तथा पर्यटन समूहले कमाएका छन् भने व्यापारिक समूहले सर्वाधिक गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको