नेपाल बैंक लिमिटेडले ३ अर्ब २० करोड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले कर्मचारी अवकाश काेष व्यवस्थापन ट्रस्टमा रहेको उक्त रकम ३ महिना अवधिकाे मुद्दती खातामा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त वाणिज्य बैंकहरूबाट अधिकतम ५० कराेड रूपैयाँमा नबढ्ने गरी आफूले लिन चाहेकाे रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएकाे व्याजदर समेत खुलाएर असार ८ गते, मंगलबार दिउँसाे ४ बजेसम्म प्रस्ताव पेश गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस