Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश

अर्थ संसार

आइतबार, ०६ असार २०७८, १६ : २७ मा प्रकाशित

धितोपत्र बोर्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश

नियामक निकाय नेपाल धितोपत्र बोर्डविरुद्ध दायर रिटको पेशी आज सुनुवाइ भएकाे छ । धिताेपत्र बाेर्डलाई सर्वाेच्च अदालतले कारण देखाउ आदेश दिएकाे लगानीकर्ता तथा अधिवक्ता कञ्चन कृष्ण न्याैपानेले अर्थसंसार डटकमलाई जानकारी दिएका छन् ।

 न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेकाे हाे । याे सँगै अब बाेर्डले के कारणले त्यस्ताे विज्ञप्ति सार्वजनिक गरेकाे हाे उक्त कारण खुलाएर सर्वाेच्च अदालतमा पेश गर्नुपर्नेछ । त्यसपश्चात् सर्वाेच्च अदालतले अन्तिम निर्णय लिनेछ ।

बोर्डले गत मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति बदर गर्ने माग गर्दै शुक्रबार अधिवक्ता रविन बोहजुले बोर्ड विरुद् रिट दायर गरेका थिए । उक्त रिटमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, अर्थमन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको थियाे । रिट निवेदनमार्फत् लगानीकर्तालाई भयवित हुने कुनै पनि काम नगर्न र नगराउन अन्तरिम आदेश माग गरिएको थियाे ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । 

विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको थियो ।

उक्त सूचीकृत संगठित संस्थाहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले  जानकारी दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको