Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको ‘टिकटक भिडियो च्यालेन्ज’ : बैंकको जिंगल प्रयोग गरी भिडियो बनाउँदा आकर्षक उपहार जित्ने मौका

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, ०८ : २९ मा प्रकाशित

एनआईसी एशियाको ‘टिकटक भिडियो च्यालेन्ज’ : बैंकको जिंगल प्रयोग गरी भिडियो बनाउँदा आकर्षक उपहार जित्ने मौका

एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने ग्राहकलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ। 

यही असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) मा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘MoBank गरौँ’ थिमका ६ वटा फरक–फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ। यस प्रतियोगितामा सहभागी भई प्रतिभिडियो १५ हजार रुपैयाँबराबरको आकर्षक उपहार जित्न सकिने र एकजना सहभागीको एकभन्दा बढी भिडियो छनोट भएमा १५ हजार रुपैयाँका दरले हुन आउने कुल रकमबराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ।

यस प्रयोगितामा सहभागी हुनका लागि निम्नलिखित नियम रहेका छन् ः

क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) फलो गर्नुपर्नेछ।
ख. सहभागीले आफूले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीलाई Tag एवं  @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा सेयर गर्नुपर्नेछ।
ग. माथि उल्लेखित प्रक्रिया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडियोमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एकवटा भिडियो विजयी हुनेछन्।
घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ।
ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको