Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको नयाँ शाखा सिन्धुपाल्चोकको लामोसाँघु बजारमा

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १६ : ३६ मा प्रकाशित

सिन्धु विकास बैंकको नयाँ शाखा सिन्धुपाल्चोकको लामोसाँघु बजारमा

सिन्धु विकास बैंक लिमिटेडले आज (असार ११ गते शुक्रबार) सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकास्थित लामोसाँघु बजारमा बैंकको २४औं शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ ।

उक्त शाखाको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी तथा नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बैंकको हालसम्मको प्रगती विवरण तथा भावी कार्यक्रमहरुका बारेमा आफ्नो मन्तव्य राखेका थिए । 

हालसम्म कुनैपनि बैंक तथा वित्तिय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा स्थानीयवासीलाई सघन वित्तिय पहुँच पुर्याउने उद्धेश्यले उक्त शाखाको स्थापना भएको हाे । उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित डिजिटल सेवाहरु जस्तै Mobile Banking, Connect IPS, ATM/Debit Card, QR Code सेवाहरु समेत उपलब्ध हुनेछ । भविष्यमा आफ्ना ग्राहकहरुलाई अझै सधन र सर्वसूलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने बैंकले लक्ष्य लिएको छ ।    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको