Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्स कम्पनीकाे अन्तिम सेयर मूल्यमा चलखेल, नियम विपरित १२ % मूल्य घटाएर काराेबार

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १६ : ५४ मा प्रकाशित

नेपाल इन्स्योरेन्स कम्पनीकाे अन्तिम सेयर मूल्यमा चलखेल, नियम विपरित १२ % मूल्य घटाएर काराेबार

 नेपाल इन्स्योरेन्स कम्पनीकाे मंगलबारकाे सेयर काराेबारकाे अन्तिम समयमा चलखेल गरेर मूल्य घटाइएकाे छ । कम्पनीकाे मंगलबार अन्तिम काराेबार ११४२ रूपैयाँमा भएकाे छ । अन्तिमभन्दा अघिकाे काराेबार १२९४ रूपैयाँमा भएकाे थियाे । 

नेप्सेकाे ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा एक पटकमा २ प्रतिशतभन्दा घटी वा बढीमा मात्र अर्डर पाेष्ट गर्न सकिन्छ । अन्तिम काराेबार भने करिव १२ (११.७४) प्रतिशत घटीमा भएकाे छ । 

उक्त काराेबार ब्राेकर नम्बर ५८ ले बेचेर २५ नम्बरले किनेकाे हाे । नेपाल इन्स्योरेन्स कम्पनीकाे ५० कित्ता सेयर सस्ताेमा फ्याँकेर मूल्य घटाउन चलखेल गरिएकाे आशंका छ । दिनभर मूल्य बढेकाे  नेपाल इन्स्योरेन्सकाे सेयरलाइ ५८ नम्बर ब्राेकरले अघिल्लाे काराेबारभन्दा झण्डै १२ प्रतिशत घटीमा फ्याँकेर मूल्य घटाएकाे हाे । 

यसरी एउटा भन्दा अर्काे काराेबारमा २ प्रतिशतभन्दा बढी मूल्य घटाउन नपाउने अबस्थामा ब्राेकरले यति धेरै फरक कसरी पार्न सक्याे ? लगानीकर्ताहरूले प्रश्न गरिरहेका छन् । 

सामाजिक संंजालमा एक लगानीकर्ता प्रश्न गर्छन्, ‘एउटा समुह बजार घटाउन लागि परेकाे देखियाे । ५० कित्ताले लगानीकर्ताकाे कराेडाैं पैसा डुबाउन खाेज्ने हिम्मत, नेप्से किन माैन ?’ उनकाे प्रश्नकाे प्रतिकृयामा अर्का लगानीकर्ता लेख्छन्, ‘एनआइसिएललाइ अन्तिम मा ११.४ प्रतिशतले घटाइयाे । कहाँबाट आउँछ यस्ताे हिसाव ५८ लाइ ।’ बजारमा ५८ नम्बर ब्राेकर (नासा सेक्युरिटिज) ले बेलाबेलामा यसै गरी चलखेल गर्ने गरेकाे धेरै लगानीकर्ताकाे गुनासाे छ । ती लगानीकर्ताकाे भनाइ पनि ५८ नम्बर ब्राेकरकाे बारंबारकाे चलखेलप्रति लक्षित थियाे ।

बजारमा मूल्य बढिरहेका बेला सस्ताेमा सेयर फालेपछि भाेलि त्यही मूल्यमा २ प्रतिशतमात्र तलमाथि गरेर काराेबार गर्न सकिन्छ । त्यस्ताे बेला सस्ताेमा सेयर उठाउन पाइने भएकाले बाेकरले यस्ताे चलखेल गरेकाे अनुमान लगानीकर्ताकाे छ ।

यसबारे नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले त्यसरी १२ प्रतिशत मूल्य घटाएर टिएमएसमा अर्डर पाेष्ट गर्नै नमिल्ने बताए । उनले आफूसँग कसले कसरि, त्यति रकमकाे फरकमा अर्डर गरेर काराेबार गर्याे भनेर हेर्ने सिस्टममा पहुँच नभएकाे भन्दै पहिल्यै गरिएकाे अर्डर अहिले आएर म्याच भएकाे हुनसक्ने अनुमान गरे । ‘एक पटक गरिएकाे अर्डर १५ दिनसम्म सिस्टममा रहन्छ,’ उनले भने, ‘यसरी अगाडि गरिएकाे अर्डर अहिले आएर म्याच भएकाे हुनसक्छ ।’

प्रवक्ताकाे अनुमान विश्वासयाेग्य छैन । छिनछिनमा बजार मूल्य परिवर्तन हुने सेयर अर्डर गरेर कुनै पनि लगानीकर्ता ढुक्कले बस्न सक्दैन । खरिदकर्ताले सस्ताेमा अर्डर गर्न सक्ला । तर बढी मूल्य पाइरहेकाे अबस्थामा लगानीकर्ताले सस्ताेमा अर्डर पाेस्ट गरेर कसरी ढुक्कले बस्न सक्छ ? यसबारे नेप्सेले सत्यतथ्य छानविन गरेर यथार्थ बाहिर ल्याउनु पर्ने लगानीकर्ताकाे माग छ । ‘यसरी मूल्य घटाउनु अपराध हाे,’ एक लगानीकर्ता भन्छन्, ‘नेप्सेले छानविन गरेर दाेषिलाइ कठघरामा उभ्याउनु पर्छ ।’ यसरी भएकाे काराेबारबारेे आफूले धिताेपत्र बाेर्डमा पनि उजुरी गर्ने उनले जानकारी दिए ।

60daff8f2f174.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको