Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तद्वारा बाढीपीडितलाई राहत रकम हस्तान्तरण

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १८ : ३२ मा प्रकाशित

सिभिल लघुवित्तद्वारा बाढीपीडितलाई राहत रकम हस्तान्तरण

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ असार १ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामा आएको बाढीले प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुनस्थापना र पुनः निमार्णमा टेवा पुर्याउने अभिप्रायले राहत स्वरुप रकम सहयोग गरेको छ ।

संस्थाले आज हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप ३० हजार रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस संस्थाले देशका २७ वटा जिल्लाहरुमा ६२ वटा शाखाहरु मार्फत लघुवित्तीय सेवाहरु लगायत गैर वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको