Like us!
Follow us!
Connect us!
Watch us!

युवा ब्यांकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

अर्थ संसार

विहीबार, १७ असार २०७८, १६ : ३३ मा प्रकाशित

युवा ब्यांकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

युवा ब्यांकर, प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार प्राप्त गरेका छन् । 

मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरष्कार प्रदान गर्ने गरेको छ। 

पुरष्कारको लागि छनोट गर्दा बीमा तथा वित्त क्षेत्रमा कुनै व्यक्ति वा कम्पनीले पारेको प्रभाव, नवप्रवर्तन, भविष्यको तयारी तथा बजारमा माग जस्ता मापदण्डको आधारमा मूल्यांकन गरिएकाे बताउँदै  युवा ब्यांकर, प्रवेश रिजालमा  ती सबै मापदण्डहरुमा उत्कृष्ट ठहरिएकाले यो वर्ष उनलाई यो पुरष्कारका लागि छनोट गरिएको हो जीसीआइएफले जनाएकाे छ ।

अमेरिकाका सबैभन्दा ठूला ब्यांकहरुमध्ये एक सिटि ग्रुपमा वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका प्रवेश अहिले नयाँ पुस्ताको एउटा ब्यांक, क्रस रिभरमा क्वान्टिटेटिभ स्ट्राटेजिज विभागको प्रमुखको रुपमा काम गरिरहेका छन्।  


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको