Like us!
Follow us!
Connect us!
Watch us!

९ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २० असार २०७८, १४ : ४६ मा प्रकाशित

९ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ९ अर्ब १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असाेज १९ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (असार २१ गते, सोमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी (असार २३ गते, मंगलबार) बिक्री हुनेछ ।

यसअघि गत साता बैंकले ९१ दिनकाे अवधिकाे लागि ११ अर्ब १० करोड रूपैयाँ बराबरकाे र १८२ दिनकाे अवधिकाे लागि १० अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गरेकाे थियाे ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

60e17aa7a5240.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको