Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंककाे स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ

अर्थ संसार

सोमबार, २१ असार २०७८, ११ : ५९ मा प्रकाशित

महालक्ष्मी विकास बैंककाे स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्त गरेकाे छ । बैंककाे आषाढ १८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हाे ।

बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा धेरैको बैंकिङ्ग अनुभव रहेको अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुलेकी थिइन् ।

व्यवसाय प्रशासनमा स्नातकोत्त सम्मको अध्ययन पूरा गरेकी उनी Nepal Finance Institution Association / Development Banker’s Association मा लामो समयसम्म आवद्ध थिइन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरिसकेकी छिन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको