Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार

बुधबार, २३ असार २०७८, ११ : २७ मा प्रकाशित

ज्योति विकास बैंकको ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म ?

ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । यसअघि आज (असार २३ गतेसम्म) आवेदन दिन पाइने भनिएकाेमा अब साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ । छिटाे अवधिमा पर्याप्त आवेदन नपरेकाे हुनाले ढिलाे अवधिसम्म पुर्याइएकाे हाे ।

बैंकले बैंकले १० वर्ष अवधिकाे लागि "९% ज्योति विकास बैंक बण्ड, २०८७" नाममा १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लिमिटेड, ज्योति विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

60e5420f8123e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको