Like us!
Follow us!
Connect us!
Watch us!

विश्वभर ३ अर्बभन्दा बढीले लगाए कोरोना विरूद्धको खोप

अर्थ संसार

बुधबार, २३ असार २०७८, १५ : २० मा प्रकाशित

विश्वभर ३ अर्बभन्दा बढीले लगाए कोरोना विरूद्धको खोप

विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५ सय ९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सबैभन्दा धेरै खोपको डोज लगाएको चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार, भारतमा ३६ करोड १३ लाख २३ हजार ५ सय ४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

त्यस्तै, अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७ सय ३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १० करोड १३ लाख ९४ हजार ६ सय ५० डोज लगाइएको छ  ।

बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज, जर्मनी सात करोड ७८ लाख ८२ हजार ४ सय १४, फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १ सय ५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६१ लाख ५६ हजार १ सय ८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८ लाख ७० हजार ९ सय ६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोरोनाविरुद्ध खोप लगाउनमा धनी राष्ट्र अगाडि छन् । पाँच देशहरू तन्जानिया, बुरुन्डी, इरिट्रिया, हाइटी र उत्तर कोरियाले अहिलेसम्म पनि खोप अभियान सुरु गरेका छैनन् ।

विवादका बावजुद पनि विश्वका ८० प्रतिशत क्षेत्रमा अक्सफोर्ड एस्ट्रजेनेकाको खोप लगाइएको छ, फाइजर खोप ४७ प्रतिशत, मोडर्ना २२, स्पुतनिक भि १९ प्रतिशत, जोनसन एन्ड जोनसन १४ र सिनोभ्याक खोप ११ प्रतिशत क्षेत्रमा लगाइएको छ । 

न्युन आय भएका देशहरुलाई खोप उपलब्ध गराउन सन् २०२० मा विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम सुरु गरेको थियो । कोभ्याक्समा धनी मुलुक तथा विभिन्न क्षेत्रीय गठबन्धनको अनुदानमा खोप उपलब्ध गराइन्छ । तर अहिले कोभ्याक्स कार्यक्रममा पनि खोप अभाव भएपछि गरिब राष्ट्रमा खोप कार्यक्रम प्रभावित बनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको