Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सवको अवसरमा नेपाल एसबिआई बैंकद्वारा चिकित्सा उपकरण हस्तान्तरण

अर्थ संसार

बुधबार, २३ असार २०७८, १५ : ५७ मा प्रकाशित

वार्षिकोत्सवको अवसरमा नेपाल एसबिआई बैंकद्वारा चिकित्सा उपकरण हस्तान्तरण

नेपाल एसबिआई बैंकले आज (असार २३ गते, बुधबार) वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । 

वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे द्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा आशिष ढुंगानाका साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको