Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको नयाँ शाखा रुपन्देहीको देवदहमा

अर्थ संसार

विहीबार, २४ असार २०७८, १३ : ३५ मा प्रकाशित

सिभिल लघुवित्तको नयाँ शाखा रुपन्देहीको देवदहमा

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको देवदहमा थप एउटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६३ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।

‘समृद्धिको सहयात्री’ नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५० हजार घर परिवारमा पुर्याएको छ ।

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहुँच पुर्याउँदै आइरहेको छ । साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलब्ध गराउँदै आइरहेको छ । 

त्यसैगरी, संस्थाले सदस्यहरुलाई आफ्नो बचत जम्मा गर्न तथा किस्ता भुक्तानी सहजताका निमित्त इसेवा मार्फत समेत रकम पठाउन सकिने गरी सुविधा प्रदान गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको