Like us!
Follow us!
Connect us!
Watch us!

यी २ लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

अर्थ संसार

शनिबार, २६ असार २०७८, १५ : ५२ मा प्रकाशित

यी २ लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात् असार २९ गते, मंगलबारबाट एकिकृत काराेबार सुरू गर्ने भएकाे छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेकाे छ । दुवै कम्पनीकाे जेठ १४ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका छन् । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार २५ गते स्वीकृती प्रदान गरेकाे छ ।

प्राप्तिपश्चात "सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड" काे नामबाट एकिकृत काराेबार सुरू हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60e973565c31d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको