Like us!
Follow us!
Connect us!
Watch us!

देउवाको सपथ साँझ ६ बजे, अर्थमन्त्रीमा कार्कीको नाम चर्चामा !

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १७ : २२ मा प्रकाशित

देउवाको सपथ साँझ ६ बजे, अर्थमन्त्रीमा कार्कीको नाम चर्चामा !

सोमबार सर्वोच्च अदालतको परमादेश बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । देउवा ५औँ पटक प्रधानमन्त्री बनेका हुन् ।

आज साँझ ६ बजे देशको ४२ औँ प्रधानमन्त्रीका रुपमा देउवाले शितल निवासमा सपथ ग्रहण गर्ने भएका हुन् । देउवाको सपथ संगै आजै सरकारमा सहभागि केहि मन्त्रीहरुको पनि सपथग्रहण गराउने तयारी छ । 

आज सरकारमा सहभागि हुने सबै दलहरुबाट एक एक जनालाई मन्त्री नियुक्त गर्ने देउवाको तयारी छ । मन्त्री नियुक्तिको खबर बाहिरियसंगै एकदमै महत्वकासाथ हेरिएको अर्थमन्त्रालय कसको भागमा पर्ने भन्ने बिषय अहिले आम नागरीकको चासोको बिषय बनिरहेको छ ।

स्रोतका अनुसार देउवा अर्थमन्त्रीमा पुर्वअर्थमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीलाई नियुक्त गर्ने मनीस्थितीमा देखिन्छन् । पार्टिको महाधिवेशन समेत नजिकिरहेको अवस्थामा पार्टि भित्रको आन्तरीक समिकरण मिलाउनका लागि समेत कार्कीलाई अर्थमन्त्रालय दिन सक्ने स्रोतको दावी छ । 

आगामी महाधिवेदनमा कार्कीले देउवा समूहबाट महामन्त्रीको दावी गरिरहेका छन् । देउवा भने अहिलेको सरकारमा उनलाई अर्थमन्त्रीका रुपमा सहभागि गराएर महामन्त्रीका आकांक्षीहरुको संख्या कम गर्न चाँहेको देखिन्छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको