Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी केन्द्रबाट सरकारमा आज २ मन्त्री सहभागी हुँदैः अर्थमा शर्मा र उर्जामा भुसाल

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १७ : ४६ मा प्रकाशित

माओवादी केन्द्रबाट सरकारमा आज २ मन्त्री सहभागी हुँदैः अर्थमा शर्मा र उर्जामा भुसाल

अर्थमन्त्रालय  माओवादी केन्द्रको भागमा परेपछि अर्थमन्त्रीमा पुर्व गृहमन्त्री समेत रहेका जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् । यसअघि अर्थमन्त्रालय कांग्रेसको भागमा परे अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीको नाम चर्चामा थियो । 

माओवादी केन्द्रका तर्फबाट पार्टिको नेतृत्व गर्दै शर्मा अर्थमन्त्री बन्ने भएका हुन् । शर्मा संगै पम्फा भुसाल पनि उर्जामन्त्री बन्ने पक्का भएको स्रोतको दावी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । 

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको