Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

अर्थ संसार

बुधबार, ३० असार २०७८, ११ : ५८ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

एन आई सी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । 

बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो । 

कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पिएइ श्री प्रकाशचन्द्र अधिकारीज्यूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकाछन् । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ । 

बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको कटुवालले बताए । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको