Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा लगानी गर्नेहरुको सबैभन्दा ठुलो दुष्मन नै 'आवेग' होः पुरुषोत्तम लामिछाने

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १५ : १० मा प्रकाशित

लामो समय देखि नेपालको पुँजीबजारमा लगानी गर्दै आइरहेका लगानीकर्ता पुरुषोत्तम लामिछानेले सेयरबजारमा लगानी गर्नेहरुको सबैभन्दा ठुलो दुष्मन नै आवेग रहेको बताएका छन् । 

उनले अहिले बजारमा प्रबेश गरेका लगानीकर्ताहरुमा अबि आवेग देखिएको भन्दै उनले यो हानिकारक हुने बताएका छन् । सेयरबजारमा लगानी गर्ने लगानीकतामा सबैभन्दा बढि संयमता र धैर्यता हुनुपर्नेमा जोड दिन्छन् उनि । 

सेयर बजारमा प्रवेश गरेका नयाँ नयाँ लगानीकर्ताहरुको रातारात नै सेयरबजारबाट मालामाल हुन खोज्ने महत्वकांक्षा नै सबैभन्दा ठुलो कमजोरी रहेको उनको बुझाँइ छ । बजारमा नयाँ प्रवेश गरेका लगानीकर्ताहरुले अल्पकालिन लगानीमा भन्दा पनि दिर्घकालिन लगानीमा जोड दिनुपर्ने उनको सुझाव छ । 

हल्लाको पछि लागेर लगानी गर्नेहरुले एक न एक दिन नराम्रोसंग नोक्सानी व्यहोर्नुपर्ने भन्दै उनले कम्पनीहरुको आधारभुत विश्लेषण गरेरमात्र लगानी गर्नुपर्नेमा उनको जोड छ । 

सेयर बजारमा प्रवेश गर्न चाहानेहरुले कम्तिमा पनि बजारका बारेमा आधारभुत ज्ञान हाँसिल गरेर मात्र प्रवेश गर्नुपर्नेमा उनको जोड छ । अध्ययन बिना बजार प्रवेश गर्दा लगानी डुब्नसक्ने उनको तर्क छ । 

संस्कृतमा आचार्य गरिसकेका लामिछानेले प्राविधिक विश्लेषकहरुलाई ज्योतिष भनिनु युत्तिसंगत नरहेको बताउछन् । प्राविधिक विश्लेषण र ज्योतिषशास्त्र दुई बिषय भएको भन्दै उनले प्राविधक विश्लेषणको विश्वसनियता १० प्रतिशतमात्र रहेको उनका दावि छ । 

बजारमा लामो अनुभव हाँसिल गरिसकेका लामिछाने पेशाले शिक्षक पनि हुन् उनै लामिछाने संगे हामिले हाम्रो कार्यक्रम लगानीकर्ताको आवाजमा कुनै पनि कम्पनीको सेयर मूल्य उत्कर्षमा पुगेको कसरी थाहाँ पाउने, सेयरमा लगानी गर्दा कस्ता कस्ता कुरामा ध्यान दिने ? अहिलेको अवस्थामा बजार प्रवेश गर्नु कति सुरक्षित भनि प्रश्न गरेका छौ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको