Like us!
Follow us!
Connect us!
Watch us!

अब प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा बोनस पाइने

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १६ : ५३ मा प्रकाशित

अब प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा बोनस पाइने

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रूपैयाँ बोनस प्रदान गर्ने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो। 

यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ। लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती KYC अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ। त्यसैगरी, प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ। 

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा नि:शुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केही सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ । साथै लिंक घरबाटै गर्न सम्भव छ। 

यो योजना जुलाई १६ देखि ३१ तारीखसम्म खल्तीसँग प्राईम बैंक लिंक गर्ने जो कोहीलाई लागू हुन्छ। 

महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याइएकाे खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठले बताएका छन् । यस सेवा मार्फत ग्राहकले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्। साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिनेछ ।

प्राईम बैंक अकाउन्ट खल्ती सँग कसरी लिंक गर्ने ?

१. खल्तीको होम स्क्रिनमा देखाइएको “मोर” अप्सनमा गई लिंक बैंक अकाउन्ट मा ट्याप गर्ने 

२. उपलब्ध बैंकहरु मध्ये “प्राईम बैंक” सेलेक्ट गर्ने 

३. आवश्यक सबै विवरणहरु भरी “सब्मिट” बटनमा थिच्ने 

४. अब रजिस्टर गरिएको मोबाइल मा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको