Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

अर्थ संसार

शनिबार, ०२ साउन २०७८, १५ : २२ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् ।

क्यापिटलकाे हिजाे श्रावण १ गते सम्पन्न भएकाे संचालक समितिको बैठकको निर्णय बमोजिम हिजाे देखि लागु हुने गरि क्यापिटलको संचालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई नियुक्ति गरेको हाे ।

उनीसँग Deloitte India (Big 4), ICICI Bank, India तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी प्रोफेशनल Chartered Accountant पनि हो । साथै, उनले एनआईसी एशिया बैंकको हालको Transformational Journey को उद्गमविन्दु मानिएको Business Process Reengineering विभागको प्रमुखको भुमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव रहेकोे छ ।

हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिइएकाे छ ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको