Like us!
Follow us!
Connect us!
Watch us!

चुर्लुम्म डुबेकाे एनएचपीसीकाे चमत्कार: बाेनस बाँड्ने अवस्थासम्म ल्याउँदा अध्यक्ष पाण्डेकाे अनुभव

अर्थ संसार टक

शनिबार, ०२ साउन २०७८, १७ : १३ मा प्रकाशित

नेशनल हाइड्राेपावर कम्पनी लिमिटेल भनेपछि एक समय सुसासनमा निकै कमजाेर कम्पनीका रूपमा चिनिन्थ्याे । भ्रष्ट्राचारमा चुर्लुम्म डुबेकाे थियाे । वर्षाैंदेखि लेखापरीक्षण भएकाे थिएन। धेरै वटा साधारणसभा राेकिएका थिए । बनिरहेकाे आयाेजनाकाे लाईसेन्ससमेत सरकारले खाेसेकाे थियाे । त्यतिखेर कुन कम्पनीजस्ताे बन्नु हुँदैन भन्दा धेरैले नेशनल हाइड्राेकाे नाम लिन्थे ।

अहिले कम्पनीले फड्काे मारेकाे छ । जगेडा काेष कराेडाैँमा नकारात्मक भएकाे कम्पनी एकाएक सेयरधनीलाई लाभांश दिने अवस्थामा पुगेकाे छ । वर्षाैंदेखि रित्ताेहात चित्त बुझाउन बाध्य सेयरधनीले यस वर्ष बाेनस सेयर पाउँदैछन् । त्यसमा पनि २-४ प्रतिशत मात्र हैन, २० देखि २८ प्रतिशतसम्म । कम्पनीले यकिन कति दिन्छ लेखा परीक्षण नगरी भन्न सक्ने अवस्था छैन । तर कम्पनीकाे नकारात्मक रूपमा रहेकाे जगेडा काेष सकारात्मक भएर लेखा परीक्षण प्रतिवेदनमा यसै वर्ष ३५ कराेडकाे हाराहारीमा मुनाफा देखिँदैछ । उक्त रकमबाट कम्पनीसँग २८ प्रतिशतसम्म बाेनस सेयर दिनसक्ने हैसियत हुने कम्पनीका अध्यक्ष कुमार पाण्डे बताउँछन् ।

हुन पनि अध्यक्ष पाण्डेले लिएपछि नेशनल हाइड्राेले चमत्कारै गरेकाे छ । यस्ताे चमत्कार कसरी सम्भव भयाे ? हामीले पाण्डेलाई प्रश्न गरेका छाैँ ।

कम्पनीसँग अहिले ४ वटा आयाेजना छन् । कम्पनीले इन्द्रावती ३ बाट विद्युत उत्पादन गरिरहेकाे छ । यसबाट वार्षिक २०-२२ कराेड रूपैयाँ आम्दानी गरिरहेकाे छ । भाेजपुरमा १४ मेगावाटकाे तल्लाे इर्खुवा खाेला आयाेजना बनाइरहेकाे छ । उक्त आयाेजना २ वर्षभित्र निर्माण सम्पन्न हुन्छ । तल्लाे इन्द्रावतीकाे लाईसेन्स भर्खरै फिर्ता ल्याएकाे छ । उक्त आयाेजना आधाउधी बनिसकेकाे छ । कास्कीमा एउटा आयाेजना अध्ययनका क्रममा छ । ती आयाेजनाहरू बनाउन कम्पनीकाे आम्दानी, बैंक ऋण लगानी गरिरहेकाे छ । आवश्यक पर्दा कम्पनीले हकप्रद सेयर पनि निष्कासन गर्न सक्नेछ । बनिरहेका आयाेजनाबाट विद्युत उत्पादन सुरू गरेपछि कम्पनीकाे वार्षिक आम्दानी ८० देखि ८५ कराेडसम्म हुनेछ । कम्पनीले अहिल्यैदेखि ४०-५० मेगावाटकाे आयाेजनाकाे खाेजी गरिरहेकाे अध्यक्ष पाण्डे बताउँछन् ।

हामीले अध्यक्ष पाण्डेलाई साेध्याैं, तपाइँले नेतृत्व लिँदा कम्पनीकाे अवस्था कस्ताे थियाे ?

कम्पनीले तल्लाे इन्द्रावतीकाे लाईसेन्स एकाएक गुमाउनु पर्याे । किन त्यस्ताे अवस्था आएकाे रहेछ ? अब त्याे आयाेजनाकाे लाईसेन्स फेरि फिर्ता ल्याउनु भयाे । अब कहिलेदेखि निर्माण सुरू गर्नुहुन्छ ? कम्पनी स्थापना भएकाे झण्डै दुइ दशक भएकाे छ । कम्पनीका लगानीकर्ता अहिलेसम्म रित्ताे हात थिए । कम्पनी अब लाभांश बाँड्ने अवस्थामा पुगेकाे हाे ? कम्पनीले कुनकुन आयाेजना बनाइरहेकाे छ ? ती आयाेजनाहरू निर्माण गर्न पूँजी कसरी जुटाउनु हुन्छ ? कम्पनीकाे साधारण सभाबाट नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडमा अन्य हाइड्राे कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेकाे छ । कुन कम्पनीलाई मर्जर गर्ने याेजना हाे ? अध्यक्षले यस्तै प्रश्नहरूकाे उत्तर दिएका छन् ।

नेशनल हाइड्राेका अध्यक्ष पाण्डेसँग अर्थसंसार टकका लागि अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेकाे भिडियाे कुराकानी यहाँ प्रस्तुत गरेका छाैँ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको