Like us!
Follow us!
Connect us!
Watch us!

विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

अर्थ संसार

आइतबार, ०३ साउन २०७८, १६ : २९ मा प्रकाशित

विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।
 
नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देश ९ह्वीप० जारी गरेको दलका सचेतक पुष्पा भुसालले सञ्चारकर्मीलाई जानकारी दिइन् । 

बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको जनाउँदै सो फैसलाको स्वागत गरको छ । साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकार जगत्लाई धन्यवाद दिएको छ । 

सचेतक भुसालले वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुनेमा संसदीय दल विश्वस्त रहेको जानकारी पनि दिए । असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता देउवा संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको