जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमाको बहुमत पुग्ने भएको छ ।
विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्नेमा यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित भइसको थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ ।
एमालेका माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस