Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको मुनाफामा सामान्य सुधार, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, ०६ : ४९ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको मुनाफामा सामान्य सुधार, अन्य वित्तिय अवस्था कस्तो ?

फर्स्ट माइक्रोफाइनान्स लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा सामान्य बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले १४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १३ करोड ९७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३.२९ प्रतिशतले बढेर २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २१ करोड ७९ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि बढेर २६ करोड ४७ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड १ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ५०.९९ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको