Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्न कामना सेवाले दियाे सेबोनमा निवेदन, व्याज कति ?

अर्थ संसार

बुधबार, ०६ साउन २०७८, १३ : २३ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्न कामना सेवाले दियाे सेबोनमा निवेदन, व्याज कति ?

कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन ३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ९ प्रतिशत व्याज भएकाे "१० वर्ष, ९% केएसबीबीएल डिबेञ्चर, २०८८" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

कामना सेवा विकास बैंकको खुद मुनाफामा उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

आर्थिक वर्ष २०७७/७८ को अन्तिमसम्म आइपुग्दा बैंकले ७० करोड २ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४० पैसा पुगेको छ ।

60f7d081d1da5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको