Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको ऋणपत्र भर्ने आज अन्तिम माैका

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, १० : ०३ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको ऋणपत्र भर्ने आज अन्तिम माैका

मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र भर्ने आज (साउन १२ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे हाे । जसमध्ये बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले ७ वर्ष अवधिकाे ८.७५ प्रतिशत व्याजदर भएकाे  ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । 

काे हाे बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे छ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

60ff8a34a65a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको