Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा ९१.५७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ०७ : ४७ मा प्रकाशित

सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा ९१.५७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको मुनाफामा बृद्धि भएको छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा बैंकले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३३.४० प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा बैंकले १ अर्ब १९ करोड ८५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा पनि ९१.५७ प्रतिशत बढेर १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ३९ लाख रुपैयाँमा सिमित थियो ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको सञ्चालन मुनाफा पनि ४३.६६ प्रतिशतले बटेर २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४९ करोड ९० लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि २५.०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड ६९ लाख रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ९ करोड ८ढ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ४०.९२ प्रतिशतले बृद्धि भएको हो ।  

यो अविधिमा बैंकले कर्जा लगानीमा ५०.१३ प्रतिशतले, निक्षेप संकलन ५८.९२ प्रतिशतले बृद्धि भएको हो । त्यस्तै समिक्षा अवधिमा बैंकको खराब कर्जामा भने केहि बृद्धि भएको छ । 

खुद मुनाफामा आएको बृद्धिसगै बैंकको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा बढेको देखिन्छ । समिक्षा अवधिमा बैंकको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २५.१ गुणा रहेको छ ।

मर्जर प्रक्रिया सम्पन्न पछि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स कम्पनी लिमिटेडले गत असार २६ गते देखि एकीकृत कारोबार सुरू गरेका हुन् । दुई कम्पनीका बिचमा १००ः९५ को स्वाप रेसियोमा मर्जर भएको थियो ।  सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (स्वाप रेसियो) गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै कम्पनीको जेठ २७ गते सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १७ गते स्वीकृती प्रदान गरेको थियो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम सिटिजन्स  बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ १० गते, सोमबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

61035eab5fd42.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको