Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, ०७ : २७ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड

मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट साउन १२ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपूर्वक प्राप्त आवेदनहरू प्रशाेधन गर्दा सर्वसाधारणका लागि माग बमाेजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनकाे हकमा समानुपातिक रूपमा हिजाे (साउन २१ गते, बिहीबार) बाँडफाँड गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

बैंकले ७ वर्ष अवधिकाे ८.७५ प्रतिशत व्याजदर भएकाे  ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरी सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610c94d52a40e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको