Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तको नाफा १०३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, ०६ : ५३ मा प्रकाशित

विजय लघुवित्तको नाफा १०३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफा उल्लेख्य बृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०३.७२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ५ करोड ८१ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ३८ करोड १ लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २१ करोड ८१ लाख ४७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन मुनाफा ७९.१३ प्रतिशतले बृद्धि भएर १५ करोड ६८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यो अवधीमा संस्थाले खराब कर्जा समेत घटाउन सफल भएको देखिन्छ ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी २७ करोड ६५ लाख ९७ हजार रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १६ करोड ३३ लाख ८२ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा ६२.५९ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४८ पैसाले बढेर ४४ रुपैयाँ ४३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ४०.९४ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको