Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : सेबाेन र नेप्सेका प्रमुखलाई अर्थ समितिले डाक्यो

अर्थ संसार

विहीबार, २८ साउन २०७८, १७ : ०१ मा प्रकाशित

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : सेबाेन र नेप्सेका प्रमुखलाई अर्थ समितिले डाक्यो

अर्थ समितिले सर्वोत्तम सिमेन्टकाे खरिद प्रकरणकाे बारेमा बुझ्न नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई बाेलाएकाे छ । समितिले आइतबार बस्ने बैठकमा उनीहरूलाई बोलाएको हाे ।

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक चन्द्र ढकाल र चन्द्र साउदले कानून विपरित सर्वाेत्तम सिमेन्टकाे सेयर खरिदमा संलग्न भएकाे विषयमा अहिले छानबिन भइरहेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमकाे सेयर खरिद प्रकरणकाे विषयमा अनुसन्धान गरिरहेकाे छ । 

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लागेको छ। बुक बिल्डिङ भनेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया हो, जसमा पूँजी बजारका संस्थागत लगानीकर्ताले निष्कासन गरिन लागेको कम्पनीको शेयरलाई आफूहरूले तिर्नसक्ने मूल्य तोक्छन् । यसैका आधारमा मूल्य तय भएर उक्त कम्पनीको सेयर निष्कासन हुन्छ।

सर्वोत्तमले शेयर निष्कासनको प्रक्रिया शुरू गरिसकेपछि ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा यो कम्पनीको शेयर किनेका हुन्। सर्वोत्तम सिमेन्ट लिमिटेडको पछिल्लो शेयरवाला दर्ता किताबका अनुसार, रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मका ११ हजार ९१२ कित्ता शेयर छन्। ढुंगानाको नाममा गत पुसमा दश हजार कित्ता शेयर हस्तान्तरण भए पनि आर्थिक वर्ष २०७६/७७ को १९.१२ प्रतिशत बोनस शेयर थपिएर शेयर संख्या बढेको हो। 

२१ पुस २०७६ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भीष्म ढुंगानाले सर्वोत्तमले बुक बिल्डिङको प्रक्रिया शुरू गरिसकेपछि पारिवारिक सदस्यका नाममा शेयर किनेको देखिएको छ। कम्पनीमा ढुंगानासहितका व्यक्तिलाई शेयर हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका थिए।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले पनि आफ्नी श्रीमतिको नाममा सर्वाेत्तम सिमेन्टको १० हजार कित्ता सेयर खरिद गरेका हुन् ।

याे पनि :

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण: ओटिसी कारोबार विवरण बुझाउन अर्थ मन्त्रालयकाे निर्देशन

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : अख्तियारले सुरू गर्याे छानबिन

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार

सर्वोत्तम प्रकरणः धितोपत्र बोर्डपछि नेप्सेसंग पनि सोध्यो अर्थमन्त्रालयले स्पष्टीकरण

धिताेपत्र बाेर्डका कर्मचारी युनियनकाे माग, "अध्यक्ष ढुङ्गानालाई निलम्बन गरियाेस्"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको