Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको वितरण योग्य मुनाफा ५८ प्रतिशतले बढ्यो, इपिएस कति ?

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०९ : ०४ मा प्रकाशित

नेपाल बैंकको वितरण योग्य मुनाफा ५८ प्रतिशतले बढ्यो, इपिएस कति ?

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३१.४० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३३ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बषएको तुनमामा यो बर्ष बैंकको वितरण योग्य मूनाफामा ५८.२० प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख रुपैयामा सिमित थियो ।  

यो अवधिमा बैंकले १ खर्ब ६२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३४ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यो अवधिमा बैंकले आफ्ना खराव कर्जालाई पनि केहि घटाउन सफल भएको दखिन्छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा २.४७ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर २.१० प्रतिशतमा झरेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ६ अर्ब ४६ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १४.९८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ३८.३५ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब २४ करोड ७९ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा २० अर्ब ६२ करोड १९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार ९.९९ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५८ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा पुगेको छ बैंकको पीई रेसियो १८.२६ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको