Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नाफा ४.९२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

शनिबार, ३० साउन २०७८, ०८ : ४९ मा प्रकाशित

एनआईसी एशिया बैंकको नाफा ४.९२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको मुनाफा ४.९२ प्रतिशतले बढेको छ । 

सो अवधिसम्ममा बैंकले ३ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ३ अर्ब ९ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा ८.२१ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, सो अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेर ९ अर्ब २२ करोड ७५ लाख पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ रहेको छ।

हाल चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड ७९ लाख रुपैयाँ संचित रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७७ पैसाले घटेर २८ रुपैयाँ ११ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको