Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको खुद नाफा १.२७ अर्ब, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ०८ : ५५ मा प्रकाशित

एनसीसी बैंकको खुद नाफा १.२७ अर्ब, प्रतिसेयर आम्दानी कति ?

एनसीसी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १४.६८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड ८४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर ७१ करोड ४७ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ६९ करोड ९९ लाख १७ हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा बैंकले १ खर्ब ६ अर्ब ६६ करोड ७१ लाख बढी निक्षेप संकलन गरी ९४ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा २.८६ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर १.७८ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब २० करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २० करोड ९५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन ०.२७ प्रतिशतले कम हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ११.९१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड २३ शजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ६७ करोड ३१ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड ३ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ३ अर्ब ८० करोड ७० लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ४७ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४ पैसा पुगेको छ बैंकको पीई रेसियो २९.७८ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको