Like us!
Follow us!
Connect us!
Watch us!

१५ बर्षमा यसरी कमाउन सकिन्छ करोडः डा. केशव श्रेष्ठसँग हाइब्रिड लगानीबारे कुराकानी

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, १० : ४६ मा प्रकाशित

डा. केशव श्रेष्ठ लगानी ब्यवस्थापन विज्ञ हुन् । उनले ब्यवस्थापन विषयमा विद्याबारिधि गरेका छन् । उनले लगानीलाई गुणात्मक बृद्धि गर्ने हाइब्रिड लगानी योजना ल्याएका छन् । त्यो योजनाको उनले बौद्धि सम्पत्तिको अधिकार (कपी राइट) समेत दर्ता गराएका छन् ।

निससँग पैसा छ, तर ब्यवसाय गर्न सीप छैन । नयाँ क्षेत्रमा लगानी गर्दा डुब्न सक्छ । मानिस धेरै जोखिम लिन पनि चाहँदैन । अहिले सबै धेरै कमाइ हुन्छ भनेर सेयरतिर दगुरेका छन । सेयरमा लगानी गरे कमाउने सम्भावना जति हुन्छ, गुमाउने सम्भावना पनि उत्तिकै हुन्छ ।

बैंकमा राख्दा न्युन ब्याजले मुद्रास्फिर्तिको अनुपातमा प्रतिफल आउँदैन । यसले गर्दा दिनानुदिन लगानी घटदै जान्छ । यस्तो अबस्थामा जोखिमविना कमाउने कसर? डा. केशव श्रेष्ठ जोखिम रहित रुपमा लगानीलाई १५ बर्षमा १० गुणा बनाउने सुत्र लगानीकर्ताहरुलाई बाँड्छन् । उनको योजनामा सहभागी हुनेले आफ्नो लगानीको ब्यवस्थापन आफैं गर्न सक्छन् ।

आफैंले नभ्याएको अबस्थामा त्यस्तो लगानी योजना संचालन गरिरहेका संस्थालाई आफ्नो लगानी जिम्मा दिन सक्छन् । डा. श्रेष्ठ त्यस्तो लगानी गर्न चाहनेहरुलाई तालिम उपलब्ध गराउँछन् । डा. श्रेष्ठको कन्सेप्ट अनुसार राजधानीकोे तीनकुनेमा रहेको हिलटप जुनारले यस्तो लगानी योजना चलाइरहेको छ ।

डा. श्रेष्ठले यस्तो लगानी योजना सुरु गरेको १९ बर्ष भयो । त्यस योजना अनुसार गरेको लगानीको बाली पाकिसकोे छ । आफूले परीक्षणका रुपमा गरेको लगानीले १५ बर्षमा १४ गुणासम्म प्रतिफल दिएको श्रेष्ठले दावी गरे ।

हामीले श्रेष्ठसँग हाइब्रिड लगानी पद्धति के हो भनेर साध्यौं । उनले हाइब्रिडमा सेयरको प्राथमिक निस्कासन, बीमा र मुद्दति निक्षेपमा लगानी गर्न सकिने बताए । यी तीन वटै क्षेत्रमा मानिसहरुले लगानी गरिरहेका छन् । तर १५ बर्षमा १० गुणा प्रतिफल कसरी सम्भव हुन्छ त ? उनले लगानीलाई एउटा सिस्टममा राखि दिने हो भने त्यसले आफैं कमाइ गरिरहने बताए ।

हामीले उनलाई साध्यौं, कानुनी रुपमै यसरी कमाउन सकिन्छ त? जोखिम छैन यसमा ? तपाइँको योजनाबाट कमाउनेहरु पनि छन् ? धेरै फाइदा हुनेभए आजसम्म कति मानिसहरुले यसबाट फाइदा उठाए ? यसरी लगानी ब्यवस्थापन आफैं गर्ने कि कसैलाई जिम्मा दिने ? यस्तो योजनाहरु संचालन गर्ने संस्थाहरु कुनकुन छन् ? यो प्रणालीमा चुनौतीहरु के के छन् ? सर्वसाधारण चााहिँ यस्तो योजनामा कसरी सहभागि हुने ? डा. श्रेष्ठले अर्थ संसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले अर्थसंसार टकका लागि गरेको भिडियो कुराकानीमा यिनै प्रश्नहरुको उत्तर दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको