Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीले बोलायो साधारणसभा,आकर्षक लाभांश सहित १०० प्रतिशत हकप्रदको प्रस्ताव

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, ०६ : ०६ मा प्रकाशित

अरुण काबेलीले बोलायो साधारणसभा,आकर्षक लाभांश सहित १०० प्रतिशत हकप्रदको प्रस्ताव

अरुण काबेली पावर पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको भदौ १ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको अठारौ वार्षिक साधारण सभा भाद्र २६ गते, शुक्रबार कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमांडौबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आकर्षक आभाशं समेत घोषणा गरेको छ । 

हिजो मंगलबार बसेको संचालक समितीको बैंठकले गत आर्थिक बर्षको मूनाफाबाट आफ्नम सेयरधनीहरुलाई १७ प्रतिशत बोनश सेयर र ०.८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरेको हो । कम्पनीले बोनश सेयर वितरण पश्चात १ः१ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव समेत साधारणसभामा लैजानेछ । 

अपि पावरका लगानीकर्ताको दुबै हातमा लड्डु, लाभांश र हकप्रद जारी गर्ने

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै सभाले हकप्रद निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्ने छ ।

कम्पनीले जारी गरेकाे सुचना यस्ताे छः

लगानीको नयाँ सुत्र : ९९% सुरक्षित, कहाँ र कसरी हुन्छ लगानी? Share Analyst Dr. Keshav Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको