Like us!
Follow us!
Connect us!
Watch us!

नियमन आयोगको विज्ञप्तिपछि हाइड्रोको सेयरमूल्यमा गिरावट, ३ कम्पनीमा नकारात्मक सर्किट

नेप्से

विहीबार, ०३ भदौ २०७८, १७ : ०४ मा प्रकाशित

नियमन आयोगको विज्ञप्तिपछि हाइड्रोको सेयरमूल्यमा गिरावट, ३ कम्पनीमा नकारात्मक सर्किट

बिहीबार हाइड्राेपावर कम्पनीहरूकाे सेयरमूल्यमा भारी गिरावट देखिएकाे छ । मूल्य घट्ने सर्वाधिक १० कम्पनीमा ९ वटा हाइड्राेपावर कम्पनीहरू छन् । ३ वटा कम्पनीकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । खानीखाेला हाइड्राेपावर, पञ्चकन्या माइ हाइड्राेपावर र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे । बिहीबार हाइड्राेपावर समूहकाे सूचक ३.१८ प्रतिशतले घटेकाे छ । 

विद्युत नियमन आयोगले बुधबार हाइड्रोको सेयरमूल्य वृद्धिबारे बाेल्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे थियाे ।

आयोगले विगत केहि दिनदेखि विभिन्न सञ्चार माध्यममा केहि विद्युत कम्पनीका प्रवद्र्धकले सेयरमूल्यमा अस्वभाविक वृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य बढेको भनि आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण जनाएकाे हाे ।

आयोगले सुचिकृत कम्पनीले जानकारी चथा विवरणहरु सार्वजनिक गर्दा सत्य तथ्य जानकारी गराउनु पर्ने कम्पनीको जिम्मेवारी हो यदि कसैले जानाजान रुपमा लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले गलत सूचना दिने प्रबर्दक र कम्पनीलाई आयोगले कारवाही गर्ने जनाउँदै लगानीकर्ताहरुलाई पनि लगानी गर्दा सत्य तथ्य बुझेर , कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको थियाे ।

हाइड्रोको सेयर मूल्य बृद्धिबारे बोल्यो नियमन आयोग, गलत सूचना दिनेलाई कारवाही

खानीखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेर ४ सय ४१ रुपैयाँमा पुगेको छ । पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेर ४ सय १८ रुपैयाँ ५० पैसा पुगेको छ ।  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ५ सय १६ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यसपश्चात् क्रमश : ङादी ग्रुप पावरको सेयरमूल्य ८.७६ प्रतिशतले घटेर १ हजार १ सय ४५ रुपैयाँ पुगेको छ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयरमूल्य ८.१८ प्रतिशतले घटेर ६ सय २९ रुपैयाँ पुगेकाे छ । 

त्यसैगरी, आज आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य ७.६० प्रतिशतले घटेर ४ सय ५५ रुपैयाँ पुगेको छ । बरुण हाइड्रोको सेयरमूल्य ७.२० प्रतिशतले घटेर ६ सय ९६ रुपैयाँ पुगेको छ । आइसीएफसी फाइनान्सको सेयरमूल्य ७.१८ प्रतिशतले घटेर १ हजार ३० रुपैयाँ पुगेको छ । घलेम्दी हाइड्रोको सेयरमूल्य ६.६८ प्रतिशतले घटेर ४ सय ७५ रुपैयाँ पुगेको छ र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ६.६५ प्रतिशतले घटेर ४ सय ९ रुपैयाँ ८० पैसा पुगेको छ । 

611e2628dff72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको