Like us!
Follow us!
Connect us!
Watch us!

गाईजात्राको दिन पनि आरटीजीएस प्रणाली सुचारू रहने

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, १७ : ०० मा प्रकाशित

गाईजात्राको दिन पनि आरटीजीएस प्रणाली सुचारू रहने

नेपाल राष्ट्र बैंकले गाईजात्राको दिन (भदाै ७ गते, साेमबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ ।

बैंकले एक सूचना गाईजात्राको दिन पनि आरटीजीएस प्रणाली पूर्णकालीन रूपमा सुचारू रहने जानकारी दिएकाे हाे ।

Real Time Gross Settlement (RTGS) प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । RTGS प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम रकमान्तर सम्बन्धी आदेश सहितको विवरण खुलाई बुझाउनु पर्दछ । त्यसरी प्राप्त भएको रकमान्तर आदेश बैंक वा वित्तीय संस्थाले RTGS प्रणालीमा प्रविष्ट गरेपछि कारोबार सम्पन्न हुन्छ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611f907b5470b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको